लक्ष्मी सनराइज बैंकको ४० लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स