काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट आज ५० अर्ब रुपैयाँ खिच्दै छ । बजारमा रहेको लगानी योग्य रकम व्यवस्थापनको लागि पैसा खिच्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जसूचना जारी गरेको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
हरेक हप्ता जस्तो राष्ट्र बैंकले पैसा खिचिरहेको छ । गत हप्ता ५० अर्ब , त्यो भन्दा अघि १ खर्ब र त्यस भन्दा पनि ५० अर्ब तानिएको हो ।
यसरी पैसा तानिुनमा बैंकको लगानी नबढिरहेको देखिन्छ । बजार चलायमान हुन नसक्दा राष्ट्र बैंकले नै व्यवस्थापन गनुपरिरहेको देखिन्छ ।