अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । मंसिर महिनाको लागि बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनाको तुलनामा बैंकहरुले ब्याजदर घटाएका हुन् ।

कात्तिकको तुलनामा मंसिर महिनाको निक्षेपको ब्याजदर अधिकांश बैंकमा घटेको सूचना जारी भएको हो ।
निक्षेप दरले आधारदरमा प्रभाव पार्छ । जसकारण कर्जाको ब्यादर समेत घट्न मद्यत गर्छ ।

कर्जा प्रदान गर्दा आधारदरमा प्रिमियमदर जोडिन्छ । प्रिमियमदर कर्जाको प्रकृति र बैंक हेरेर फरक पर्छ । आधारदर कम हुने बैंकको कर्जाको ब्याजदर सस्तो पर्न जान्छ । चालू आर्थिक वर्ष सुरु भएदेखि नै ब्याजदर घट्न थालिसकेको छ ।

जसकारण ऋणीले बैंकको आधारदरलाई समेत हेरेर कर्जा लिने गर्छन् । बैंकले प्रिमियम परिवर्तन गर्न नपाउने व्यवस्था छ । आधारदर परिवर्तन भएको खण्डमा भने ऋणको ब्याजदर पनि परिवर्तन हुन्छ । तर ब्याजदर घट्दा बैंकमा पैसा राख्नेलाई भने नोक्सान हुने गर्छ ।

कुन बैंकको निक्षेपको ब्याजदर कति ?

स्ट्यान्डर्ड चार्टर्ड ६.२५
नेपाल एसबिआई ६
एभरेस्ट ६
नबिल ५.७५
हिमालयन ६.२५
एनएमबि ५.५७
कुमारी ५.९१
नेपाल बैंक ५.९५
कृषि विकास बैंक ५.३५
प्रभु ६.१
सानिमा ६.१५
प्राइम कमर्सियल ५.७५
लक्ष्मी सनराइज ५.९१
एनआइसी एसिया ६.७९
राष्ट्रिय वाणिज्य बैंक ६
माछापुच्छ्रे ६.५
इन्भेष्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६
ग्लोवल आईएमई ५.७५
सिटिजन्स ५.६५

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स