बहुप्रतिक्षित हुन्डाई क्रेटा ईभी नेपाली बजारमा, मूल्य ५१ लाख ९६ हजारबाट सुरु

काठमाडौं । बहुप्रतिक्षित हुन्डाई क्रेटा ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । हुण्डाई गाडीको लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले राजधानीमा विशेष समारोह बीच गाडी सार्वजनिक गरेको हो ।

सुरुवाती भेरियन्टको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
४ भेरियन्टमा बिक्री सुरु गरेकोसमेत बताइएको हो । ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहेका छन् ।

क्रेटा ईभी ४२ किलोवाट आवर र ५१ दशमलव ४ किलोवाट आवर ब्याट्री रहेकोे छ । जसको ४२ किलोवाट आवरको ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज दिने र ५१ दशमलव ४ किलोवाट आवरको ब्याट्रीले ४ सय ७३ किलोमिटर रेन्ज दिने बताइएको छ ।

४२ किलोवाट ब्याट्री प्याक सहतिको क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १ सय ३५ पीएस पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्रेटा ईभीमा २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको रहेको छ ।

५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै समेत बताइएको छ । त्यस्तै ११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टामा हुने छ । ५१ दशमलव ४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्नेछ ।

प्रतिक्रिया

हेडलाइन्स