नेपालमा बिक्रि सुरु भएको लिफमोटर सी १० को सफ्टवेयरमा समस्या, कहिले हुन्छ गाडी फिर्ता ?

काठमाडौं । भेइकलहरुमा प्राविधिक समस्याहरु देखा पर्छन् । ठूला ठूला चर्चित ब्राण्डहरुमा समेत समस्या आउने गरेको छ । भक्सवागनदेखि टेस्लासम्मको गाडीमा समस्या आएको समाचार धेरैको जानाकारीमा नै छ ।

यस्तै समस्या अर्को चर्चित ब्राण्ड लिफमोटरमा देखिएको छ । चीनको चौथो ठूलो नयाँ ईभी स्टार्टअप कम्पनी लिफ मोटर हो । यसको उत्पादन नेपालमा समेत बिक्रि सुरु भैसकेको छ ।

यसको सी १० गाडीको सफ्टवेयरमा गम्भिर समस्या रहेको छ । यसको कारण नै उपभोक्ताहरु अलमलमा परेका छन् । धेरै गाडी फिर्ता प्रक्रिया नै भैसकको छ ।

सांग्रिला मोटर्स प्राइभेट लिमिटेड नेपालको आधिकारी बिक्रेता रहेको यो गाडी भदौमा सार्वजनिक गरेको थियो । नाडा अटो शोको कुम्भ मेलामा सार्वजनिक गरिएको यस गाडीमा बु्किङ समेत खुलाइएको थियो ।

११२ वटा बुकिङ समेत भएका छन् । नेपालमा ४६ वटा मात्रै आएकोले डेलिभरि पछिसम्म हुने कम्पनीले बताउँदै आएको छ ।

तर, अहिले सम्म २ वटा मात्रै डेलिभरि भएको छ । अन्य गाडीमा समस्या रहेको विषय एक कान दुई कान मैदान भनेझै सबै तिर फैलिरहेको छ ।

अब यसमा महत्वपूर्ण विषय भनेको नेपालमा आएको गाडीको फिर्ता । सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपालमा आएका ४६ वटा गाडी नै फिर्ता प्रक्रियामा लान सक्नुपर्ने हुन्छ ।

के हो त समस्या ?
यस गडाीको सफट्वेयरमा समस्या आएको हो । इभी गाडीमा महत्वपूर्ण पक्ष नै सफ्टवयर मानिन्छ । सफ्टवेयर एक प्रणाली हो जसले विद्युतीय सवारीको आवश्यक कार्यहरू नियन्त्रण गर्दछ । विद्युतीय गाडीमा सफ्टवयरले सुविधाजनक, सुरक्षित र ट्र्याक राख्न सजिलो भएकोले पछिल्लो समय विश्व सामू नै लोकप्रियता हासिल गरिरहेको छ ।

यदि विद्युतीय गाडीको सफ्टवेयरमा समस्या भयो भने गाडीको ढोका समेत नखुल्न सक्छ । यस्तै चलिरहको गाडी सफ्टवयरकै समस्याका कारण रोकिन सक्छ । यसकारण सफ्वयरलाई महत्वपूर्ण मानिन्छ । गाडीको गति, ब्रेक, एसी, इलेक्ट्रिक इन्जिन, ब्याट्री, मोटर कन्ट्रोलर सबै सफ्टवेयरमै आधारित रहन्छ ।

त्यसकारण यो समस्या निकै भयानक समस्याको रुपमा मान्न सकिन्छ । नेपालमा अब आयात भएको सबै गाडी बिक्री नगरिकलन चीन नै फिर्ता गराउनु सक्नुपर्छ ।

कम्पनीले नेपालमा सी १० को मूल्य नेपालमा ७१ लाख ९९ हजार राखेको छ । यस गाडीको क्षमता भने अझै विवादमा रहेको छ ।

सी १० गाडी चीनमा १६० किलोवाट मोटर पावरमा उपलब्ध गराएको भएपनि नेपालमा ९९ किलोवाटको ल्याइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स