नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं । नेपालमा भ्रष्टाचार बढिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको सुचांकले देखाएको छ । आज सार्वजनिक भएको सूचक अनुसार नेपालमा भ्रष्टाचार बढेको देखिएको हो ।

ट्रान्सपरेन्सीले  सार्वजनिक गरेको १८० देशको सूचांकमा नेपाल ३४ अंक पाएर धेरै भ्रष्टाचार गरेको मुलुकमा परेको छ ।

५० भन्दा कम अंक पाउने मुलुक धेरै भ्रष्टाचार भएकोमा पर्छ । गत वर्ष नेपालले ३५ अंक पाएको थियो तर अहिले ३४ अंक मात्रै पाएको छ । यो तथ्याङ्कले भ्रष्टाचार बढिरहेको देखाएको छ ।

ट्रान्सरेन्सी इन्टरनेशन नेपालका अध्यक्ष मदनकृष्ण शर्माले पत्रकार सम्मेलन गरी नेपालको ट्रान्सपरेन्स को स्कोर सन २०२३ मा १०० अंकमा ३५ अंक पाएकोमा २०२४मा ३४ अंक मात्र पाएको अर्थात भ्रष्टाचार वढेको ९१०० अंकमा ५०अंक भन्दा कम अंक ल्याउने देश उच्च भ्रष्टाचार भएको देश मानिन्छ० जानकारी दिदै नेपालले भ्रष्टाचार विरूध्द प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए ।

दक्षिण एशियामा भूटानले २०२४ मा १०० अंकमा ७२ (प्रथम), भारत र मालदिभ्स दुव‌ैले ३८, श्रीलंकाले ३२, पाकिस्तानले २७ र वंगलादेशले २३ अंक, अफगानिस्तानले १७ र म्यानमारले सवभन्दा कम १६ अंक मात्र पाएको थियो संलग्न तालिकामा २०२३ र २०२४ तुलनात्मक दिईएको छ । यस कार्यक्रममा टिआई पदाधिकारी, सल्लाहकार र हामी सदस्यहरूसहित पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

हेडलाइन्स