भ्रष्टाचारको नयाँ रुप : ‘विदेशमै पैसा मिलाइने, सबैभन्दा सक्रिय कर्मचारीतन्त्र’

काठमाडौं । नेपालमा भ्रष्टाचारका घटनाहरु धेरै भैरहेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग लगायतका निकायहरुले बाहिर ल्याएको घटना हेर्दा पनि भ्रष्टाचारका रुपहरु वृद्धि भैरहेको देखिन्छ ।

सरकारी निकायहरुले नै भ्रष्टाचारको घटनाहरु पहिले भन्दा धेरै फेला पर्दै गैरहेको बताउन थालको छ ।
नदेखिएका र थाहा नपाएको पनि अनगिन्ती रहेको बाहिर आएका घटनाको किसिमहरुले पनि संकेत गरिरहेको छ ।

नेपालको भ्रष्टाचार अब नेपालमै मात्रै समिति छैन । विदेशी भूमि पनि नेपालीहरुको भ्रष्टाचारमा प्रयोग हुन थालेको छ ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलको घटना एउटा उदाहरण हो ।

राष्ट्रिय सूचना प्रविधि केन्दले उपकरणहरु खरिद गर्दा करिव ४ करोड रुपैयाँ भारतीय एजेन्टबाट लिएको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको छ । २ लाख ८० हजार अमेरिकन डलरको घुसको बारेमा कुराकानी भएको च्याट लिस्ट नै अख्तियारले फेला पारेको हो ।

अख्तियारका अनुसार भारतीय एजेन्ट दीपक आनन्द र शुनील पौडेलबीच भएको कुराकानीको आधारलाई हेर्ने हो भने सामान बिक्रि गर्ने कम्पनीले धेरै रकमको ‘कोटेशन’ बनाएर नेपाल पठाएको र त्यो सदर गर्नको लागि शुनील पौडलले बार्गेनिङ गरेको पाइएको हो ।

जसको पैसा भारतीय बैंक र अमेरिकन बैंकमा रहेको खातामा जम्मा गरिदिएको समेत च्याटमा देखिएको अख्तियारले जनाएको छ ।

यो निकै ठूलो घटना हो र घुसको प्रसंग पनि विदेशीसँग नै जोडिएको छ ।
सोझो हिसाबमा बहिर नै पैसा राखेको प्रसंङ्ग भयो ।

तर नेपालमा नेपालीहरु बीचमै हुने घुसको कारोबार समेत विदेशी भूमिसँग जोडिएर हुन थालेको विषयहरु उठ्न थालेका छन् ।

कुनै व्यापारी तथा उद्योगीहरुको घुस लिन परेको खण्डमा विदेशमा रहेको आफन्तको नाममा पैसा जम्मा गरिदिन आग्रह हुन थालेको छ ।

एक अुनसन्धानकर्ता भन्छन्, ‘नेपालको घुस विदेशमा सेटलमेन्ट भैरहेको देखिन्छ । नेपालमा डिल हुन्छ, पैसा लिने व्यक्तिको आफन्त, छोरा छोरी विदेशमा भएमा उनीहरुसमक्ष पैसा पुग्ने गरेको छ ।’

उनका अनुसार त्यसरी पैसा लिने केहिले त भारत, युरोपका देशहरु र अमेरिकामा समेत खाता खोलिसकेका छन् । त्यहि नै जम्मा गराइदिनु भन्ने हुन्छ ।

उद्योगी व्यापारीहरु सबैको विदेशी एसेन्सीहरुमा सम्बनध हुन्छ नै । उद्योगीहरुले कच्चा पदार्थ आयात गर्दा एजेन्सीसँग सम्पर्क गर्नु नै पर्ने हुन्छ । त्यस्तै गरि व्यपारीहरुले पनि वस्तु आयात निर्यात गर्दा एजेन्सीसँगको सम्बन्ध चाहिन्छ नै ।
त्यसकारण घुस माग्नेले विदेशमै ‘सेटलमेन्ट’ सहज रुपमै भैरहेको देखिएको हो ।

तीन अनुसन्धानकर्ता भन्छन्, ‘अहिले भैरहेको उजुरी देखिएको घटनाक्रम हेर्ने हो भने विदेशमा घुस लिनेहरुका कर्मचारीतन्त्र नै रहेको देखिएको छ ।’

प्रतिक्रिया

हेडलाइन्स