काठमाडौं । विश्वमै तापक्रम निरन्तर बढिरहेको बहस भैरहेको छ । साथै वर्षा समेत निरन्तर कमी हुँदै गैरहेको भनिन्छ ।
तर नेपालमा के अवस्था छ र त्यसको प्रभाव कस्तो छ ठोस रुपमा बहस हुन सकेको छैन । कहीँकतै छलफल भएपनि यसको असरसँग गाँसिएर नयाँ नीति नियम तथा योजनाहरु बन्न सकिरहेको छैन ।
सन् १८८० देखी २०१२ सम्म विश्वको तापक्रम ०.८५ डिग्री सेल्सियसले बढी रहेको छ । आगामी २ दशक भित्र १.५ डिग्री सेल्सियसले बढ्ने छ ।
भौगोलिक बनोट, पुर्बाधारहरुको विकासमा कमि, कृषि निर्भर अर्थब्यवस्था जस्ता कारणले गर्दा नेपालमा जलबायु परिवर्तनबाट बढी प्रभाबित हुने गर्दछ ।
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. धुब्रराज भट्टराईले यो वर्ष समयाबधि भन्दा पहिले नै आपँ फूल फूलेको बताएका छन् ।
उनले भने ‘छिटो आप फूल्नु भनेको उत्पादनमा कमी आउनु हो तर यसले बजार सजिल्लै पाउन सक्छ ।’
‘तापक्रम बढ्नुको असरले बालिको आकार प्रभाव पार्ने गर्दछ । बालि ठूलोबाट सानो भई सुक्दै जाने उनले बताए ।
पछिल्लो समय कृषि क्षेत्रमा जलवायु परिवर्तनबाट सिजन ऋतु र मौसम अनुसार बानाएका प्रदेशहरु प्रभाबित भैरहेका छन् । जलबायु परिवर्तनले गर्दा वर्षको समय र पानीको मात्रा आँकलन गर्न कठिन रहेको छ ।
जलवायु परिवर्तनकै कारण मनसुनी वर्षमा कमी आएको छ । बागवानीबालीहरु तापक्रम संवेदनशील हुने तर जलवायु परिवर्तनले गर्दा तापक्रम पनि अनुमान गर्न कठिन रहेको उनको भनाई छ ।
नेपालमा वर्षेनी ०.०६ डिगी्र सेल्सीयसले तापक्रम बढी रहेको छ भने १६.०९ मिलिलिटरका दरले वर्षा घटिरहेको माटो बैज्ञानिक डा. रोशनबाबु आझाले बताएका छन् ।